पूर्वसभामुख ओनसरीको गुनासोः केपी ओलीले मलाई हेप्नुभयो



काठमाडौं–पूर्वसभामुख ओनसरी घर्तिले अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफूलाई हेप्न खोजेको खुलासा गरेकी छिन् ।
नयाँ पत्रिकासँगको एक अन्तर्वार्तामा उनले भनेकी छिन्–सुशीला कार्कीलाई म आफैँ सहभागी भएको संवैधानिक परिषद्को बैठकबाट प्रधानन्यायाधीशमा सिफारिस भएको हेर्न चाहन्थेँ ।

यो कुरा मैले धेरैपटक प्रधानमन्त्री केपी ओलीजीलाई पनि भनेको थिएँ । त्यतिवेला म अलि अस्वस्थ भएँ, अस्पताल नै भर्ना हुनुपर्‍यो । पछि अप्रेसन नै गर्नुपर्‍यो । तर, कतै प्रचण्डजीले दोहोरो रोल खेल्नुभयो कि भन्ने आशंकाहरू उहाँलाई परेछ । कतै सुशीला कार्कीलाई प्रधानन्यायाधीश नबनाउन खोजेको त होइन भन्ने ढंगबाट पनि शंका गर्नुभएछ । म त एकदमै सोझो मान्छे । मैले बोलेका कुराहरू सोझो ढंगले नै बुझ्नुहुन्छ होला जस्तो लाग्थ्यो, तर त्यस्तो भएन । प्रधानमन्त्रीले नै मलाई हस्ताक्षर गर भनेर त भनेजस्तो लाग्दैन, तर उहाँका कर्मचारीहरूले चाहिँ भनेका हुन् । अध्यक्ष प्रचण्डले पनि अस्पतालमै आएर ‘हस्ताक्षर गरिदिनुस्’ भन्नुभएको हो ।

तर, तपाईंले भनेजस्तै मेरो स्वभावका कारण कतिपय कुरा मलाई पच्दैन, त्यो कुरा पनि एकदमै पचेन । किनभने, एक त म बिरामी भएर अस्पताल भर्ना भएकी छु । त्यसमाथि ओलीजीहरूले ‘बिरामी नै छैन, नाटक गरेको हो’ भनेर हल्ला चलाइरहनुभएको थियो । अर्को ‘यो सुशीलाको विरोधी हो’ भनेर पनि प्रचार गरिरहनुभएको थियो । मलाई हेप्न खोजे । मैले त्यस्तै महसुस गरेँ ।

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News