नेपालले जित्याे बंगबन्धुकाे उपाधी


 


Nepalकाठमाडाैं माघ ८

बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नेपालले जितेको छ। नेपालले बहराईनलाई ३-० मा स्तव्ध बनायो। नेपालका लागि विमल घर्तिमगरले खेलको ५ औं मिनेटमा पहिलो गोल गरे, यस्तै दोस्रो गोल ८७ औं मिनेटमा विशाल राईले गरे भने तेस्रो गोल इन्जुरी समयमा नवयुग श्रेष्ठले हेड मार्फत गरे।

नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जितेको छ। दुई दशक लामो उपाधिविहीन यात्रालाई पूर्णविराम लगाउँदै बहराइन यु २३ लाई ३-० ले पराजित गर्दै नेपालले ५० हजार डलर राशीको प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको हो।

यसअघि बंगबन्धु स्टेडियम सन् १९९३ मा नेपालले भारतलाई हराउँदै दक्षिण एसियाली कप जितेको थियो। नेपालले खेलको पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो। अन्तिम समयमा रफ बन्न पुगेको खेलमा नेपालका सुमन लामाले रेडकार्ड पाएका थिए। बहराइनका दुई खेलाडीले रेड कार्ड पाए।

प्रकाशित मिति: ८ माघ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्