नबयुग बने म्यान अफ दि टुर्नामेन्ट, काे हुन् नवयुग ?


 


Nabayug.jpg-largeकाठमाडाैं, माघ ८

सेमीफाइनलमा ३ र फाइनलमा १ गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताकै सबैभन्दा धेरै गोलकर्ता र ‘मस्ट भ्यालुएबल प्लेयर’ अर्थात् म्यान अफ दि टुर्नामेन्ट बने । सेमिफाइनलमा ३ गोल गरेका नवयुग सेमिफाइनलमा पनि म्यान अफ दि म्याच भएका थिए ।

नवयुग नेपाली आर्मीका खेलाडी हुन् । फाइनल खेलमा निकै राम्रो प्रदर्शन गरेका विमल म्यान अफ दि म्याच बने । फाइनलमा उनले एक गोल गरे भने अर्कोमा ‘असिस्ट’ गरेका थिए । विमलले सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेका थिए ।

विमलको कप्तानीमा नेपालले साफ अन्डर–१९ च्याम्पियनसिप जितेको थियो । उनले बेल्जियमका एन्डरलेच्त लगायत तीन क्लबमा प्रशिक्षण पनि लिएका थिए ।

अाखिर काे हुन् नवयुग

नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमा एउटा उल्लेखनीय सफलता दिलाउन नवयुग श्रेष्ठकाे मुख्य योगदान रह्यो। बंगलादेशमा अाज सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधी नेपाललाइ दिलाउन  सेमिफाइनलमा ३ र फाइनलमा १ गाेल श्रेष्ठले गरे ।

यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट ७ वटा खेल मात्र खेलेका छन्। २५ वर्षे यी युवाले यसै वर्ष भारतसँग भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।

विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन्। यसअघि श्रीलंकालाई हराउँदा पनि नवयुगले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो। पाेस्टबाट फर्किएको बललाई विमल घर्तीमगरले प्रहार गर्दा त्याे गोलमा परिणत भएको थियो। त्रिभुवन आर्मी क्लब फुटबल टोलीका सदस्य उनी क्लबका लागि फरवार्डको रुपमै खेल्ने गर्छन्।

प्रकाशित मिति: ८ माघ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्