विदेशबाट विद्यालयलाई आर्थिक सहयाेग


 


sanodummmaभाेजपुर, माघ १३

जिल्लाको दक्षिण पूर्वी गाविस सानोदुम्मास्थित सानोदुम्मा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सानोदुम्माबाट  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका सानोदुङमालीहरुले सहयोग संकलन गरी सहयोग विद्यालयलाइ पठाएका हुन् ।

जसका लागि विद्यालद्वारा गत वर्ष नै सहयोग रसिदहरु वैदेशिक रोजगारीमा जाने याे ठाउँका युवाहरूलाइ पठाइएको थियो । विद्यालयका प्र.अ. अर्जुन राईका अनुसार गत सोमबार कतारबाट ९० हजार नाै सउ ४० रूपैयाँ प्राप्त भएकोे छ ।

याे रकमलाई विद्यालय विकास कोषमा राखी आवश्यक्तानुसार विद्यालयमा पुस्तकालय तथा इ–पुस्तकालयका साथै सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा खर्च गरीने प्रअ राइले देशको न्यूज डटकमलाई बताए । सहयोग अभियानका अगुवा खेमराज राईका अनुसार उक्त रकम नेपाली र गैरनेपालीहरुसँग समेत संकलन गरी पठाइएको हो ।

यस अभियानमा विशेष गरी सानोदुम्माकै हंसराज राई (सानोदुम्मा–८) राजकुमार सानोदुङमाली (सानोदुम्मा–९), लोकेन्द्र राई (सानोदुम्मा–३), शुकदेव राई (सानोदुम्मा–८), शम्भु राई (सानोदुम्मा–३), राजकुमार राई (सानोदुम्मा–६), जीरमान राई (सानोदुम्मा–९), नवराज राई (सानोदुम्मा–३) कंपनी प्रबन्ध निर्देशक–बासुदेव विष्ट (धरान–२३ पानबारी), इब्राहिम पानीर मेङगलुर को उल्लेखनीय योगदान रहेको बताइएको छ ।

आफ्नो गाउँको माध्यमिक विद्यालयको हालको प्रगती देख्दा ज्यादै खुशी लागेर विदेशी भूमिमा विभिन्न कठिनाइहरु झेल्दै भए पनि आर्थिक संकलनमा जुटिएको राइले बताए । स्मरणीय हाल सानोदुम्मा माध्यमिक विद्यालयले जिल्लाको दुर्गम भेगमा रहेर पनि सुचना तथा सञ्चार प्रविधिको अधिकतम सदुपयोग गर्ने प्रयत्न गरिरहेको देखिन्छ ।

फलस्वरुप आ.व. २०७२÷७३ सालको निर्वाचन क्षेत्र विकास कोषबाट समेत विद्यालयलाई सुचना–प्रविधि पहुच अभिवृद्धि शीर्षकमा रु. एक लाख बराबरको बजेट विनियोजन भएको छ । सुचना–प्रविधि शीर्षकमा अनुदान पाउने भोेजपुरको यो नै एक मात्र विद्यालयको हो ।

प्रकाशित मिति: १३ माघ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्