विश्व अल्ट्रा धाविका मिरा राईलाई गृह जिल्लामा भव्य सम्मान


 


mira sammmanभाेजपुर, माघ १७

विश्व अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई गृह जिल्ला भोजपुरमा भव्य सम्मान गरिएकाे छ ।  अाइतबारबाट शुरू भएकाे  छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उद्घाटन समारोहमा भाेजपुर सदरमुकामकाे टुँडिखेलमा मिरालाई सम्मान गरिएकाे हाे । मिरालाई जिल्ला खेलकुद विकास समिति भाेजपुरकाे अगुवाईमा जिल्लाका विभिन्न संघ संस्थले सम्मान गरेका छन् ।

राईलाई जिल्ला खेलकुद विकास समितिले एक लाख र विभिन्न व्यक्ति तथा संघ संस्थाले ४० हजार नगद सहित सम्मान गरिएकाे जिल्ला खेलकुद विकास समिति भाेजपुरका अध्यक्ष सुमन राईले बताए । यसअघि मिरालाई जन्म गाविस सानाेदुम्मामा पनि भव्य सम्मान गरिएकाे थियाे । देशभरका विभिन्न जिल्लाहरूमा मिरालाई सम्मान गरिदै अाएकाे छ ।

प्रकाशित मिति: १७ माघ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्