नेपाली फुटबल टिमकाे प्रगतिः फिफा वरियतामा ८ स्थान माथि
काठमाडौं, माघ २१
२३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमले अर्काे प्रगति गरेको छ । विश्व फुटबल (फिफा) वरियतामा नेपाल ८ स्थान माथि उक्लिएको हो । विहीबार फिफाद्धारा सार्वजनिक वरियता तालिकामा नेपाल १ सय ८८ औं स्थानमा आइपुगेको छ ।
यसअघि भारतमा भएको दक्षिण एशियाली खेलकुदमा श्रीलंका र भारतसँग पराजित भएसँगै १ सय ९६ औं स्थानमा झरेको नेपालले बंगलादेशको बंगबन्धु कपमा गरेको उत्कृष्ट प्रदर्शनले वरियतामा माथि उक्लिएको हो ।
प्रकाशित मिति: २१ माघ २०७२, बिहिबार







![a+uaGw' uf]N8sk km'6jnsf] pkflw ;lxt :jb]z kmls{Psf v]nf8Lx? nfO{ lqe'jg ljdfg:yndf :jfut ub}{ pgLx?nfO{ gu/ kl/qmdf ul/Psf] lyof] . tl:a/ M k|bLk/fh jGt,/f;;](https://www.deshkonews.com/wp-content/uploads/2016/02/Nepali-football-team.jpg)










