भोजपुर कांग्रेसमा को-कताका आए ?


 


भाेजपुर, माघ २३

नेपाली कांग्रेसकाे अाशन्न १३ अाै महाधिवेशनका लागि भाेजपुरबाट महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् । शुक्रबार भएकाे निर्वाचनकाे मत परिणाम शनिबार बिहान सार्वजनिक भएकाे छ । प्राप्त विवरण अनुसार क्षेत्र नं १ काे क्षेत्रिय सभापतिमा देउवा पक्षका पुष्प कुमार तामाङ निर्वाचित भएका छन् । उनले देउवा पक्षकै जनक घलेलाई पराजित गरेका हुन् । तामाङले १७१ मत प्राप्त गरे भने घलेले ११५  मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नं २ काे क्षेत्रिय सभापतिमा संस्थापन पक्षका उदिप राई निर्वाचित भएका छन् । याे क्षेत्रमा तीन जना चुनावी मैदानमा उत्रिएका थिए । राईले ११६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी मदन खुलालले ९९ र जगत चाैहानले ३८ मत प्राप्त गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा काे कताका अाए

क्षेत्र नं १ देउवा पक्ष
हेमन्त मुकारुङ्ग
बिरबल राई
हरि प्रसाद खतिवडा
बालकृष्ण राई
निर्मला गौतम
रेणु राई
रोहित विक
संस्थापन पक्ष
नन्दमणी राई
विनोद बान्तावा
उत्तम कुमार चाँपागाई
देउवा पक्ष ७
संस्थापन पक्ष ३
क्षेत्र नं २ संस्थापन पक्ष
बालकृष्ण थापा
कैलाश कुमार आले
गोविन्दबहादुर कार्की
गजेन्द्र कार्की
मित्र राई
दिनेश कार्की
शिशिरा राई
निमा शेर्पा
निर कुमार विक
देउवा पक्ष
माया राई
संस्थापन पक्ष ९
देउवा पक्ष
दुबै क्षेत्रका जम्मा प्रतिनिधि
संस्थापन पक्ष १२
देउवा पक्ष ८

प्रकाशित मिति: २३ माघ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्