विद्यार्थीमा डर बढेपछि एसईई परीक्षा अवलोकन गर्न जनप्रतिनिधिलाई निषेध


 


कञ्चनपुर । कञ्चनपुरका जनप्रतिनिधिले जारी एसईई परीक्षाको अनुगमन गर्न नपाउने भएका छन। जनप्रतिनिधिले परीक्षा स्थलमा जाँदा विद्यार्थीमा डरको भावना पैदा हुनसक्ने भएकाले अवलोकन गर्न नपाउने भएका हुन।

गत वर्ष स्थानीय तह नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यसम्मले परीक्षाको अवलोकन जबरजस्ती गरेपछि रोक लगाइएको परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। ‘

गत वर्ष स्थानीय जनप्रतिनिधिले परीक्षाको अनुगमन गर्दा विद्यार्थीले आफूहरूलाई मानसिक त्रास भएको र असजिलो महसुस भएको बताएका थिए। त्यसैले यस वर्ष जनप्रतिनिधिलाई निषेध गरिएको हो’ उनले भने। परीक्षा समन्वय समितिले स्थानीय जनप्रतिनिधिलाई अवलोकन गर्न दिने वा नदिने विषयमा समीक्षा गरेको थियो।

छलफलपछि सबैको सल्लाहअनुसार जनप्रतिनिधिलाई अनुगमनमा रोक लगाउने निर्णय ग गरिएको परीक्षा समन्वय समितिका संयोजक वैद्यले बताए। एसईई परीक्षा निर्देशिकाले तोकेअनुसारका व्यक्ति मात्रै परीक्षा कोठामा जान मिल्ने उनले बताए।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्