भाेजपुर कांग्रेसकाे सभापतिमा काे-काे भिड्दैछन्


 


भाेजपुर, माघ २५

नेपाली कांग्रेस भाेजपुरकाे १३ जिल्ला अधिवेशनमा संस्थापन पक्ष र देउवा पक्षका उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएकाे छ । संस्थापन पक्षकाे नेतृत्व गर्दे नन्दमणी राई र देउवा पक्षकाे नेतृत्व गर्दे बिरबल राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सभापतिका लागि यतिबेला मनाेनयन दर्ता हुँदैछ ।

केन्द्रदेखी जिल्ला तहसम्मै कांग्रेसकाे गुटबन्दी तिब्र बनेकाे छ । अन्य सचिव काेषाध्यक्ष र जिल्ला कार्य समितिमा काे काे उठ्ने बिषयमा अन्तिम टुंगाे नलागिसकेकाे गुटका नेताहरूले बताएका छन् । संस्थापन पक्षमा धेरै सभापतिका अांकाक्षी देखिएका थिए । वर्तमान सभापति बालकृष्ण थापा, युवा नेताहरू विनाेद बान्तावा, उत्तम चाँपागाइ लगायत पनि सभापतिका दावेदार थिए ।

उनिहरू पछि हटेपछि नन्दमणीले टिकट पाएका हुन् । संस्थापन पक्षलाई मिलाउन सुशिल काेईरालाले नै फाेन गर्नु परेकाे थियाे । उता देउवा पक्षबाट भने बिरबल राईले सर्वसम्मत टिकट पाएका छन् ।

प्रकाशित मिति: २५ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्