पूर्वको नमूना बिद्यालय बन्दै सप्तश्री एकाडेमी


 


दमक चैत ११
झापाको दमकमा अवस्थित सप्तश्री एकाडेमीले आगामी शैक्षिक सत्रदेखी बिद्यालयलाई पूर्वको नमुना बिद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ । दमक–९ शान्ति मार्गमा रहेको एकाडेमीले सोमबार, दमकमा पत्रकार भेटघाट गरेर यहि शैक्षिक सत्रदेखी कक्षा–७ स्तरन्नोति गर्ने बिद्यार्थीै र अभिबाहकहरुको निम्ति बिशेष प्रकारका शैक्षिक कार्यक्रमहरु ल्याइएको जनाएको छ ।

एकाडेमीका अध्यक्षसमेत रहेका दमकका सफल व्यवसायी अनिल सुवेदीको अध्यक्षतामा पत्रकार भेटघाट भएको थियो । दमकस्थित पाथिभरा पार्टी प्यालेसमा आयोजित पत्रकार भेटघाटमा एकाडेमीका प्रिन्सिपल दीपककुमार दंगालले आगामी शैक्षिक सत्रदेखी कक्षा–७ थप गरिने बताए । उनले बिद्यालयमा सप्टवेयर मार्फत पठन–पाठन तथा सम्पूर्ण गतिविधिहरुको सुचना संकलन हुने जानकारी दिए ।

यसैबर्षदेखी, बिद्यालयमा अत्यन्तै व्यवस्थित ढंङ्गले स्वीमिङ पुल सञ्चालन गरिने प्रिन्सिपल दंगालले बताए । उनले एकाडेमीमा अध्यनरत बिद्यार्थीहरुलाई दैनिक ४ पटक खाना–खाजासहित फलफुल खुवाउने प्रवन्ध गरेको जनाए । अन्य बिद्यालयहरुले जस्तैं सप्तश्री एकाडेमीमा पठन–पाठन हुदैन, प्रिन्सिपल दंगालले भने–‘सामान्यतया अन्य बिद्यालयहरुले दिने पुस्तकसहित व्यवहारिक शिक्षा, प्राविधिक शिक्षा र नैतिक शिक्षा दिने गरिएको छ ।’

प्रिन्सिपल दंगालका अनुसार एकाडेमीले पूर्णमन्टेश्वरी बातबरणमा बिद्यार्थीहरुलाई पठन–पाठन गराइरहेको बताए । बिद्यालयका सवै कक्षा कोठमा प्रोजेक्टर र स्र्माट बोड राखिएको दंगाल बताउँछन् । त्यस्तैं, उनले आगामी शैक्षिक सत्रदेखी चिनिया भाषाको पठन पाठन गराइने बताए ।

एकाडेमीको अर्को बिशेषता भनेको नै अतिरिक्त क्रियाकलापमा अन्य बिद्यालय भन्दा अब्बल हो, दंगाललले भने–’गीत, नृत्य, खेलकुद, सवै खाले चार्डपर्वमा बिद्यार्थीहरुलाई मनोरञ्जनसहित चार्डपर्वको बारेमा जानकारी गराइदै आइरहेका छौं ।’ आधुनिक र प्रविधिमैत्री बिद्यालयका रुपमा स्थापित गर्दै ‘सप्तश्रीबाट उत्पादन भएका बिद्यार्थीहरु बिश्वको जुनसुकै मुलुकहरुमा सेटल हुन सक्ने प्रिन्सिपल दंगालले बताए ।’

पत्रकार भेटघाटमा एकाडेमीका कोर्डिनेटर तथा युवा नेता कुमार खतिवडा र बिद्यालयका फाइन्नस्सेली म्यानेजर दीपेन्द्र पौडेलको उपस्थिति थियो । एकाडेमीका अध्यक्ष सुवेदीले बिद्यालयलाई प्रदेश १ को नमुना बिद्यालयको रुपमा स्थापित गर्न लागिपरेको बताए । उनले बिद्यालयमा डे-बोर्डसको मात्र व्यवस्था भएको र बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म बिद्यार्थीहरुलाई पठन–पाठन गरिने जनाए । ३ वटा स्कुल बसहरु छन्, सुवेदीले भने–मोरङको पथरीसम्म र झापाको कमल गाउँपालिकाको केर्खा र गौरादह नगरपालिकाको स्कुलचौनसम्मका बिद्यार्थीहरु पठनपाठनको लागि आउने गर्छन् ।

सप्तश्री एकाडेमी गत बर्षदेखी सञ्चालनमा आएको हो । एकाडेमीलाई कक्षा १२ सम्म बृदि गर्दै लैजाने लक्ष्य राखेको सञ्चालक समितिले जानकारी गराएको छ । नौ जना युवाहरुले संयुक्त लगानीमा एकाडेमी स्थपाना गरेको हो । एकाडेमीमा हालः १४२ जना बिद्यार्थीहरु अध्यनरत छन् ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्