पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन


 


sushilकाठमाडाैं, माघ २६

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति १२:५० बजे निधन भएको छ। महाराजगन्जस्थित कोइरालाको निवासमै उनको निधन भएको हाे। चेन्जिङ वेदरले ब्रोङ्काइटिसमा निमोनिया विकास भएपछि उनको स्वासप्रस्वासजन्य समस्या (टाइप टु रेस्पिरेटोरी फेलियर) का कारण मृत्यु भएको कोइरालाका निजि चिकित्सक डा करबिरनाथ योगीले जानकारी दिए।

एकमहिनायता कोइरालालाई यस्तो समस्या देखिएपछि तीन प्रकारका एन्टी बायोटिक सँगै चलाइएको उनले जानकारी दिए। ‘सोमबार बेलुकासम्म स्थिति सामान्य नै थियो, अक्सिजनको मात्रा बढाइएको थियो।’ योगीले भने ‘सोमबार साँझ खानपान सामन्य थियो। एक्कसी अवस्था बिग्रदै गयो र १२ः५० बजे वहाँको निधन भयो।’

महाधिवेशन स्थगित

नेपाली कांग्रेस सभापति  कोइरालाको निधन भएपछि कांग्रेस महाधिवेशन स्थगित भएको छ। कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अर्को सूचना नभएसम्मका लागि महाधिवेशन स्थगित भएको जानकारी दिए।

गएराती सभापति कोइरालाको अकस्मात निधन भएपछि काठमाडाैं बाहिर रहेका पार्टीका नेताहरू रातिनै राजधानी प्रस्थान गरेका छन्।बरिष्ठ नेता शेरबहादुर देउवा कोइराला निवास महाराजगन्ज पुगेका छन्।

गृहजिल्ला तनहुँ रहेका उपसभापति रामचन्द्र पाैडेल रातिनै काठमाडाैंका लागि प्रस्थान गरेका छन्। गृहजिल्ला रहेका कृष्ण सिटाैलालगायतका नेताहरू राजधानी अाउँदै छन्।

प्रकाशित मिति: २६ माघ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्