लगानी सम्मेलनका लागि ६ अस्पताल तयारी अवस्थामा


 


काठमाडौँ । चैत १५ र १६ गते काठमाडौमा हुने लगानी सम्मेलनमा सहभागीहरुको स्वास्थ्य उपचार गर्ने जिम्मा काठमाडाँैका ६ वटा अस्पताललाई दिइने भएको छ ।

विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणका लागि आधारशीला तयार पार्ने लक्ष्यका साथ आयोजना गरिएको सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी लगानीकर्ता नेपाल आउने भएका छन् ।

सम्मेलनमा सहभागीहरुको स्वास्थ्य उपचारको नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिएको छ । सम्मेलनमा आउने पाहुनाहरुको स्वास्थ्यमा कुनै समस्या देखिएको खण्डमा मन्त्रालयको नेतृत्वमा उपचारका लागि ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिने स्वास्थ्य मन्त्रालयका आपतकालिन तथा विपद् व्यवस्थापन ईकाइ प्रमुख चुडामणी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्