खबरै नगरी एक्कासी मन्त्री एसइई परिक्षाको अनुगमनमा


 


धरान । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले धरानको एसईई परिक्षाको अनुगमन गरेका छन् । एसईई परीक्षा मर्यादित र सहज ढंगमा सञ्चालन भएको छ कि छैन बुझ्नका लागि खबरै नगरी मन्त्री घिमिरे परीक्षा हलमा अनुगमन गर्न पुगेका हुन् ।

बुधबार बिहानै धरान आइपुगेका मन्त्री घिमिरेले धरान–१२ स्थित रहेको पब्लिक मावि र धरानको शिक्षा निकेतन माविमा सञ्चालन भइरहेको एसईई परिक्षाको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री घिमिरेले धरानको शिक्षा निकेतन माविमा रहेका प्राविधिक ल्याबको समेत निरिक्षण गरेका थिए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत आइतबारबाट देशैभरि शुरु भएको छ । परीक्षामा मुलुकभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

यस वर्षको एसईईमा शारीरिक रूपमा दुर्बल रहेकादेखि नेता, सेलिब्रेटीहरु समेत सहभागी भएका छन् । आज अनिवार्य गणित विषयको परिक्षा भएको थियो ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्