भाेजपुरका काे-काे विद्यार्थी नेता अखिलमा उठ्दैछन् ?


 


makkar khadkaभाेजपुर, माघ २६

नेकपा–एमालेकाे भातृ संगठन अनेरास्ववियुलाई यतिबेला चुनावी गर्मी बढेकाे छ । २७ गतेबाट उद्घाटन हुने भनिएकाे २२ अाैं राष्ट्रिय महाधिवेशन पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील काेइरालाकाे निधनले एक दिन पछाडी धकेलिएकाे छ । याे राष्ट्रिय महाधिवेशनमा भाेजपुरबाट अाधा दर्जन विद्यार्थी नेता चुनावी मैदानमा उत्रिने पक्का–पक्की भएकाे छ ।

akhilअखिलका बर्तमान सचिवालय सदस्य मक्कर खड्का सचिव पदमा उठ्ने भएका छन् । उनी भाेजपुर अखिलकाे दुई कार्यकाल अध्यक्ष, अखिलकाे केन्द्रिय सदस्य र सचिवालय सदस्य हुँदै यतिबेला सचिव पदमा उठ्न लागेका हुन् । त्यस्तै वर्तमान अखिलका केन्द्रिय सदस्य विमला थापा र मेरिका राई पनि सचिवालय सदस्यम उठ्ने निश्चित भएकाे छ ।

अखिल भाेजपुरकाे दुई कार्यकाल अध्यक्ष चलाएका खगेन्द्र बिष्ट पनि केन्द्रिय सदस्यमा उठ्ने भएका छन् । बिष्ट अखिलकाे काेशी अञ्चल काेषाध्यक्ष समेत हुन् । यतिबेला यी विद्यार्थी नेताहरू अाफ्नाे चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

प्रकाशित मिति: २६ माघ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्