प्रदेश दुईमा एसइईको बिज्ञान विषयको परीक्षा रद्ध


 


काठमाण्डौँ । प्रदेश नम्बर दुईका ८ जिल्लामा माध्यमिक परीक्षा बोर्ड एसइई अन्तर्गत विज्ञान विषयको परीक्षा रद्ध गरिएको छ । प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा विज्ञान विषयको परीक्षा रद्द गरिएको हो । परीक्षा अगाडी नै सामाजिक सञ्जालको प्रयोग गरी प्रश्नपत्र बाहिरीएपछि बिहीबारका लागि तय गरिएको विज्ञान विषयको परिक्षा रद्ध गरिएको प्रदेश २ का शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

उनका अनुसार रद्ध भएको परीक्षा यही चैत २२ गते हुनेछ । उनका अनुसार प्रश्नपत्र बाहिरिएको विषयमा छानवीन गर्न समिति गठन समेत गरिएको छ । अन्य विषयका परिक्षाहरु भने निर्धारित मितीमै सञ्चालन हुने शिक्षा निर्देशक शर्माले बताए ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्