अखिल सचिवमा मक्कर खड्का उठ्दै


 


makkar khadkaभाेजपुर, माघ २७

भाेलिबाट शुरू हुने अनेरास्ववियुकाे केन्द्रिय सचिव पदमा मक्कर खड्का उठ्ने भएका छन् । खड्का अखिलकाे खुल्लातर्फबाट सचिव पदमा उठ्न लागेका हुन् । भाेजपुरकाे गुप्तेश्वर गाविस ३ मा जन्मिएका ३२ बर्षीय युवा विद्यार्थी नेता खड्का विद्यालयतहबाटै अखिलकाे राजनीतिमा सक्रिय भएका थिए ।

२०५६ सालमा सिद्देश्वर माविमा पढ्दादेखी नै उनी अखिलमा अाबद् भएका हुन् । त्यतिबेला उनि विद्यालयमा सह–सचिवकाे रूपमा संगठन भित्र काम गरेका थिए । २०६० सालमा भाेजपुर क्याम्पसमा पढ्न अाएपछि खड्का क्याम्पसकाे अखिल अध्यक्ष बनेका थिए । उनि अखिललकाे जिल्ला सदस्य हुँदै, जिल्ला सचिव तथा दुई कार्यकाल जिल्ला अध्यक्षकाे भूमिका समेत निर्वाह गरेका विद्यार्थी नेता हुन् ।

२०६० सालमा भाेेजपुर क्याम्पसकाे स्ववियु चुनावमा सचिव पदमा निर्वाचित भएर खड्काले साझा विद्यार्थी नेताकाे भूमिकामा समेत अाफूलाई उभ्याउन सफल भएका छन् । जनकपुरमा भएकाे अखिलकाे २० अाैं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यम निर्वाचित खड्का काठमाडाैंमा भएकाे २१ अाैं महाधिवेशनबाट सचिवालय सदस्य तथा काेशी अञ्चल इन्चार्जकाे हैसियतमा यतिबेला छन् ।

सानै उमेरमा विद्यालय तहबाटै अखिललकाे सक्रिय राजनीतिमा क्रियाशिल खड्का यतिबेला सचिव पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । सचिव पदका लागि चुनावी मैदानमा देखिएका खड्का अाफ्नाे प्रचार–प्रसारलाई तिब्रता दिएका छन । महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूमाझ अाफूलाई जिताउन खड्काले अाग्रह गरेका छन् ।

याे पनि पढ्नुहाेस्

भाेजपुरका काे-काे विद्यार्थी नेता अखिलमा उठ्दैछन् ?

प्रकाशित मिति: २७ माघ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्