एसइई परीक्षा दिन नपाएपछि आक्रोशित विद्यार्थीद्धारा प्रहरीमाथि नै आक्रमण


 


वीरगन्ज । प्रदेश २ मा एसईई परीक्षा स्थगीत भएको विरोधमा वीरगन्ज पथलैया सडकखण्ड अन्तरगत बाराको जितपुरमा विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा गरिरहेका छन् ।

प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । एसईई परीक्षा स्थगीत भएको विरोधमा शनिबार बिहान विद्यार्थीहरु सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाई सडक खोल्ने प्रयास गरेपछि झडप सुरु भएको हो ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि जितपुर–सिमारा उपमहानगर पालिकाका मेयर डा कृष्ण पौडेलले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी समस्या समाधानको प्रयास गरिरहेको जानकारी दिएका छन् । दुई घण्टादेखि निरन्तर झडप भइरहेको छ । झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र एक प्रहरी घाइते भएका छन् ।

स्थानीयहरुले प्रहरीले बिद्यार्थीमाथि कुटपिट गरेको भन्दै फेरि बिरोध शुरु गरेका छन् । मध्यान्हतिर सामान्यतर्फ उन्मुख हुन लागेको जीतपुर बजार फेरि असान्त बनेको हो । आन्दोलनरत विद्यार्थीले बाराको जीतपुरमा प्रहरी भ्यानमा आगजनी गरेका छन् ।

माध्यमिक शिक्षा परीक्षा ९एसईई०को प्रश्नपत्र बाहिरिपछि स्थगित परीक्षाको विरोधमा विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना १ झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिनका लागि ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्