अझै हटाइएन मोरङमा दुई महिनाअघि जलाइएका टिपर


 


सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा नगरपालिका –९ सिसौघारीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीय बासिन्दाले दुई महिनाअघि जलाएका टिपर अझै पनि सडकबाट हटाइएको छैन ।

जलाएर क्षति पु¥याइका सातवटा मध्ये चारवटा अझै विराटनगर–विराटचौक खण्डको सडकमै छाडिएका हुन् । तीनवटा भने हटाइएको छ । टिपर हटाएर ढाकिएको आधा सडक खाली गर्न व्यवसायी र सरकारी पक्षले पनि चासो दिएका छैनन् ।

जलेका टिपरका कारण सिसौघारी कुरुप देखिनुका साथै अन्य सवारी साधन त्यहाँ ठोक्किएर हुने दुर्घटनाको जोखिम पनि बढेको कोसी हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले बताए । उनले स्थानीय सरकार, टिपर व्यवसायी एवं प्रहरी र प्रशासन कसैले पनि टिपर हटाउन चासो नदिंदा भविष्यमा अरु ठूलै सडक दुर्घटना हुने जोखिम बढेको बताए ।

जलेका टिपरले आधा सडक ढाकिदिंदा उक्त सडकमा दुईतर्फी सवारी सञ्चालनमा समस्या भइरहेको चापागाईंको भनाइ छ । व्यवसायीले पनि अहिलेसम्म घटनामा संलग्न दोषीलाई कारवाही नभएको र उचित क्षतिपूर्ति पाउन नसकेको भन्दै जलाइएका मध्ये चारवटा टिपर सडकबाट हटाउन मानिरहेका छैनन् ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्