नेपालमा एक खर्ब १० अर्ब भन्दा बढी लगानी गर्ने घोषणा


 


काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका हुन । उनले घोषणा गरेको रकमा नेपाली एक खर्ब १० अर्ब रूपैयाँ बराबर हुन्छ ।

निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने घोषणा गरेको हो । निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताए ।

आईएफसीले नेपालमा लगानी गर्न थालेको ५० वर्ष भइसकेको छ । निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्