भाेलिदेखि डिजेल पेट्रोल सहजै पाइने


 


काठमाडौं, माघ २८

झन्डै ६ महिनादेखिको इन्धन अभाव अब साम्य हुने भएको छ । नेपाल आयल निगमले शुक्रबारदेखि सबै पेट्रोल पम्पबाट डिजेर र पेट्रोल बाँडने बताएको अब इन्धन अभाव सहज हुने भएको हो । निगमका अनुसार अब एक सातासम्म अधिकांश पम्पबाट मोटरसाइकलले दैनिक पाँच लिटर र चार पाँग्रे सबारी साधनले १५ लिटर पेट्रोल पाउने छन् ।

सवारी साधनको आवश्यकता अनुसार डिजेल उपलब्ध गराउने निर्णय आपूर्ति मन्त्रालयले गरेको छ । मन्त्रालयमा बिहिबार बसकेको बितरण प्रणालीसम्बन्धी बैठकल शुक्रबारदेखि सहज रुपमा इन्धन बितरण गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने ‘इन्धनको आपूर्ति थप बढ्दै गएपछि पाँच लिटर र पन्द्र लिटरको कोटा प्रणाली पनि हटाएर उपभोक्ताको मागअनुसार बितरण गरिनेछ ।’

यो बितरण प्रणाली उपत्यकाको हकमा कार्यान्वयनमा ल्याइएको हो । उपत्यका बाहिरको हकमा भने स्थानीय प्रशासन कार्यालय र निगमको क्षेत्रीय कार्यालयले इन्धनको आयातको अवस्थालाई हेरेर आवश्यक निर्णय गर्नेछ । शुक्रबारदेखि उपत्यकाको ८० प्रतिशत पम्पबाट इन्धन बितरण गर्ने निगमको तयारी छ ।

प्रकाशित मिति: २८ माघ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्