पश्चिममा विप्लव नेकपालाई धक्का, १० जना नेता पक्राउ


 


नेपालगञ्ज चैत १७
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन् ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्