डाक्टर नै पोलिटिसियन भएपछि कोइरालाको निधन !


 


काठमाडाैं, माघ २९

सुशील कोइराला प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला सुशील काेइरालाकाे निधनमा उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउँसो कार्यकर्ताले निधारको घाउ के हो ? बाथरुममा लडेको सत्य हो कि होइन ? पूर्वप्रधानमन्त्रीजस्ता मान्छेलाई किन अस्पताल लगिएन भन्नेजस्ता प्रश्नहरू सोधिरहेका थिए ।

मृदुलासँग यी प्रश्नको जवाफ थिएन, बरु उनी थप आक्रोशित भइरहेकी थिइन् । ‘हाम्रो डाक्टर, डाक्टरभन्दा पोलिटिसियन बढी भयो । सुरुमै प्रस्ट बोल्नुको सट्टा अलमल्याउने कुरा बोले, त्यसपछि पटकपटक कुरा फेरे । त्यसैले झन् अलमल भएको छ,’ उनी भन्दै थिइन् । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति: २९ माघ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्