टक्सार महाेत्सवकाे तयारी पुरा


 


taksarभाेजपुर, माघ २९

शनिबारबाट शुरू हुने टक्सार महाेत्सवकाे तयारी पुरा भएकाे छ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा शनिबारबाट महाेत्सव शुरू हुँदैछ । महाेत्सवकाे उद्घाटन उप प्रधान तथा रक्षा मन्त्री भिम रावलले गर्देछन् ।

दुई सय बर्ष पुगेकाे अवसरमा हुन लागेकाे द्धी शतबार्षिकी टक्सार महाेत्सव २०७२ ले रूग्ण अवस्थामा पुगेकाे टक्सारकाे सुधार हुने अपेक्षा गरिएकाे छ । यहाँका महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक सम्पदाकाे संरक्षण, इतिहासकाे प्रचार प्रसार, धातु उद्याेगकाे संरक्षण र पुनरूत्थान साथै कृषि तथा हस्तकलाकाे  विकास गर्ने उदेश्यले महाेत्सव हुन लागेकाे महाेत्सव मूल अायाेजक समितिका संयाेजक गणेश बज्राचार्यले बताए ।

महाेत्वस एक हप्तासम्म सञ्चालन हुँदैछ । महाेत्सवमा एेतिहासिक डाेली स्तम्भ तथा टक्सार महाेत्सव स्मारकाे अनावरण, इतिहास प्राज्ञ सम्मेलन, कृषि हस्तकलकाे प्रर्दशन, सांस्कृतिक झाँकी, सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर तथा मनाेरञ्जनात्मक कार्यक्रम हुँदैछन् ।

शाहबंशीय राजा गीवार्णयुद्द बिक्रम शाहकाे कार्यकालमा वि सं १८७२ मा स्थानीय भिमसेन स्थानकाे परिसरमा टक्सार खानी अड्डाकाे स्थापना भएपछि याे ठाउँबाट तामाका एक पैसे र दुई पैसे डाेली पैसा छापिन्थ्याे । याे ठाउँमा टक्सार स्थापना भएपछि गाउँकै नाम टक्सार रहन गएकाे हाे । महाेत्सव पुस ८ गतेबाट शुरू हुने मिति तय भए पनि अघाेषित नाकाबन्दीका कारण करिब दुई महिना पछाडी सरेकाे हाे ।

प्रकाशित मिति: २९ माघ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्