भाेजपुरका कुन–कुन गाविस नगरपालिकाकाे लागि सिफारिस भए ?


 


nagarpalaikaभाेजपुर, फागुन ३

भाेजपुरका अाठ गाविस नगरपालिकाकाे लागि सिफारिस भएका छन् । नगरपालिका सिफारिस समिति भाेजपुरका संयाेजक स्थानीय विकास अधिकारी भानुभक्त न्याैपानेका अनुसार भाेजपुरकाे दक्षिणी क्षेत्रका चार र पूर्वी क्षेत्रका चार गाविसलाई समेटेर नगरपालिकाकाे लागि सिफारिस गरिएकाे हाे ।

दक्षिणी क्षेत्रका रानीबास, हाेम्ताङ, खैराङ र सिन्द्राङ गाविसमा सिफारिसमा परेका छन् भने पूर्वि क्षेत्रका प्याउली, चम्मे, याङपाङ र चरम्बी गाविस नगरपालिकाकाे लागि सिफारिस भएका हुन् । यी गाविसलाई नगरपालिका बनाउनकाे लागि स्थानीय विकास मन्त्रालयमा सिफारिस गरिने भएकाे छ ।

भाेजपुरमा अहिले दुई नगरपालिका छन् भने ५४ गाविस रहेका छन् । सिफारिस गरिएका गाविस नगरपालिका भए भाेजपुरमा चार नगरपालिका र ४६ गाविस मात्र रहने छन् ।

प्रकाशित मिति: ३ फाल्गुन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्