भारतलाई हराउँदै फुटबलमा नेपालले स्वर्ण जित्याे


 


nepali football teamभाेजपुर, फागुन ३

नेपाल साग पुरूष फुटबलको च्याम्पियन बन्दै स्वर्ण पदक जितेकाे छ। गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा भएकाे फाइनलमा भारतलाई हराउँदै नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्ण पदक जितेकाे हाे ।

भारतलाई उसकै भूमिमा हराएर नेपालले च्याम्पियन बन्ने सपना पुरा गरेकाे छ। दक्षिण एसियाकै राम्रो टिममा दरिएको भारतलाई होम ग्राउन्डबाटै नेपालले पदक खाेस्न सफल भएकाे हाे ।  खेलको ३१ औं मिनेटमा भारतले पेनाल्टी पाएको थियाे ।

पेनाल्टीबाट भारतले अग्रता लिएको थियाे । ६५ औँ मिनेटमा अन्जनलाई फल गरी लडाइएपछि पाएको फ्रिकिकमा प्रकाश बुढाथाेकीले गोल गर्दे खेललाइ बराबारीमा पुर्याए ।  नेपालका लागि नवयुग श्रेष्ठले दोस्रो गोल गरेसँगै नेपालले पदक हात पार्न सफल भएकाे हाे ।

प्रकाशित मिति: ३ फाल्गुन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्