कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक


 


काठमाडौं, फागुन ४

परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले उच्चमाध्यामिक शिक्षा परिषदले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । परीक्षातालिका अनुसार कक्षा १२ को परीक्षा २०७३ बैशाख २० गतेबाट सुरु हुनेछ । कक्षा १२ को परीक्षा बैशाख २० देखि जेष्ठ १ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै कक्षा ११ को परीक्षा जेष्ठ २ गतेबाट सुरु हुनेछ । २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहानी सत्रमा ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यलयले जानकारी दिएको छ ।

परीक्षातालिका हेर्नुहाेस्ः

11-12-Routine

प्रकाशित मिति: ४ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्