शाखा अधिकृतमा ४२ सय ६६ जना पास (काे–काे पास भए ? हेर्नुहाेस् परीक्षाफलसहित)


 


काठमाडाैं, फागुन ६

लोकसेवा आयोगले शाखा अधिकृतको प्रारम्भिक चरणको परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ। प्रारम्भिक परीक्षामा ४ हजार २ सय ६६ जना उत्तीर्ण भएका छन्। उनीहरुले लोकसेवाले यो वर्षका लागि माग गरेको ५५१ शाखा अधिकृत पदका लागि लिखित परीक्षामा सहभागी हुन पाउनेछन्। लिखित परीक्षा चैत १८ गतेदेखि सुरु हुनेछ।

प्रारम्भिक परीक्षामा ४० प्रतिशतदेखि माथि अंक ल्याउनेहरुलाई उत्तीर्ण भएका हुन्। यसअघि ५० प्रतिशत ल्याउनेलाई प्रारम्भिकमा उत्तीर्ण गराउने व्यवस्था थियो। उत्तीर्ण हुनका लागि प्रतिशत घटाएसँगै अधिकृतको लिखित परीक्षामा सहभागी हुनेहरु करिब १४ सय जना बढेका छन्। गत वर्षको प्रारम्भिकमा २७ सय उत्तीर्ण भएका थिए।

सबैभन्दा धेरै नम्बर ल्याउनेहरु छनौट गर्ने लोकसेवाको परीक्षा पद्धतीमा अहिले प्राप्त गरेको अंक अन्तर्वार्तापछिकाे रिजल्टसम्म जाेडिनेछ।
लोकसेवाले विभिन्न सेवा समूहका लागि मंसिर २३ गते ५५१ जना शाखा अधिकृत माग गरेको थियो। यो वर्ष राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा प्रशासनतर्फ (सामान्य प्रशासन) १ सय ५४ पद पूर्ति गरिँदैछ। प्रशासनमा महिला अरक्षणका लागि ५१ पद रहेका छन्।

लेखातर्फ ४१ र राजश्वमा १० जना पद पूर्ति गरिनेछ भने न्यायतर्फ सरकारी वकिलका लागि ३७, कानुनतर्फ १३ जना, न्याय प्रशासनतर्फ ३५ पदपूर्ति गरिँदैछ। परराष्ट्र सेवातर्फ खुलामा ९, व्यवस्थापिका संसदतर्फ ३, लेखा परीक्षणतर्फ ७ गरी ३ सय १० पद पूर्ति हुँदैछ।

यसैगरी समावेशी तथा आरक्षणकोटातर्फ विभिन्न सेवा समूहमा महिलाका लागि ७९, आदिवासी जनजातितर्फ ६४ पद पूर्ति हुँदैछ। मधेसीतर्फ ५५, दलिततर्फ २२, अपांग १५, पिछडिएको क्षेत्रबाट ६ जना माग गरिएको छ।

काे–काे पास भए हेर्नुहाेस्

प्रकाशित मिति: ६ फाल्गुन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्