​नेपाल र भारतवीच ७ वटा सम्झौता


 


nepal indiaकाठमाडौं, फागुन ८

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुई पक्षवीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ती सम्झौता भएका हुन् । भारतले नेपाललाई भूकम्प पछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर बराबरको अनुदान दिने सहमति भएको छ ।

त्यस्तै, तराईमा सडक पूर्वाधार सुद्धृढिकरण गर्ने बिषय समझदारीको दोस्रो नम्वरमा परेको छ । नेपाल संगीत र नाट्य प्रतिष्ठान तथा भारतको संगीत नाटक एकेडेमीबीच सम्झौता भएको छ । त्यस्तै, नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग गर्ने विकासापटनम बन्दरगाह सञ्चालन गर्ने सहमति पनि भएकाे छ ।

बंगलादेशसँग व्यापारका लागि सिंहवाद रेल ट्रान्जिटको सुविधा प्रदान गर्ने सहमति समेत भएको छ । त्यसैगरी प्रबुद्ध व्यक्तिहरुको समूह निर्माणमा सहमति भएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्