अखिलमा काे–काे विजयी भए ?


 


काठमाडौ, फागुन ८

अनेरास्ववियुको नयाँ नेतृत्वको लागि जारी मतगणनामा केन्द्रीय सदस्यमा उपत्यका सहित ७ अंचलको परिमाण आइसकेको छ । उपत्यका, मेची, कोशी, तल्लो सगरमाथा, माथिल्लो सगरमाथा, पश्चिम वागमती  र पूर्वी वागमतीको नतिजा आइसकेको छ ।

उपत्यकामा महिलातर्फ विनिता काफ्ले, अन्जु गौतम, केशरा ज्ञवाली र नम्रता महर्जन विजयी भएका छन् भने पुरुष तर्फ भूपेन्द्र शाह, तपेन्द्रजंग शाही, पंकज भण्डारी, बसन्त न्यौपाने, उमेश राई, गोविन्द्र श्रेष्ठ, दिपेश प्रसाई अशोक थापा र ज्ञानभक्त डंगोल विजयी भएका छन् ।  यस्तै मेचीमा मिलन राई, रविन्द्र सुवेदी निता घतानी, कोशीमा प्रकाश श्रेष्ठ, एकराज दाहाल, अन्जु राय, माथिल्लो सगरमाथामा मिलन राई र दिपक फुयाल रहेका छन् ।

यस्तै तल्लो सगरमाथामा सुनिल टण्डन झा, र रवि राय, पश्चिम वागमतीमा सन्तोष राना क्षेत्री, मिलनराज डंगोल र पूर्वी वागमतीमा ईश्वर तिमिल्सेना, निरज पाण्डे, विनिता महर्जन विजयी भए ।

 

प्रकाशित मिति: ८ फाल्गुन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्