सरकारी चिकित्सक आक्रोशित


 


काठमाडौं, चैत २७

सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । उसले यसबारेमा छलफल गर्न चिकित्सकहरुको आकस्मिक भेला नै बोलाएको छ ।

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाउन वीर अस्पतालमा प्रहरी प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघ आक्रोशित बनेको हो । भावी रणनीति तय गर्न भन्दै भोली भेला बोलाएको हो ।

उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे भेला हुन बोलाइएको महासचिव डा. लोचन कार्कीले जानकारी दिनुभयो । चिकित्सकमाथि भएको धरपकडको निन्दा गर्दै संघले समायोजनसम्बन्धि समस्याको समाधान वार्ताबाटै खोज्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्