कोशी अञ्चल अस्पतालको बहिरंग सेवा पुनः बन्द


 


विराटनगर, चैत २७

विराटनगर स्थित कोशी अञ्चल अस्पतालको बहिरंग सेवा सरकारी चिकित्सकहरुले पुनः बन्द गराएपछि विरामीहरु मर्कामा परेका छन् ।अस्पताल अन्तर्गतको विकास समितिका चिकित्सकहरुले बहिरंग सेवामा उपचार दिन थालेपछि उनीहरुले सो सेवा नै बन्द गराएका हुन् ।

सोमबार बहिरंग सेवा बन्द गरिएकोमा मंगलबार भने बहिरंग सेवा संचालन गरिएको थियो । समायोजनमा असन्तुष्टि जनाउदै आएका सरकारी चिकित्सकको आन्दोलनका कारण अस्पताल आएका सयौं विरामीहरु उपचार नपाई घर फर्किन बाध्य भएका छन् ।

तर पैसा गोजी भएका बिरामीहरुले भने निजी अस्पतालमा उपचार गराएका छन् । ६५ जना चिकित्सकहरु रहेका कोशी अञ्चल अस्पतालमा ४० जना सरकारी चिकित्सक छन् भने २५ जना विकास समितिका चिकित्सक रहेका छन् ।

कोशी अञ्चल अस्पतालमा दैनिक करीब १ हजार २ सय बिरामीहरु उपचारका लागि आउने गर्दछन् । केही बिरामीले भने आकस्मिक सेवामा उपचार गराएका छन् । अस्पताल आएका बिरामीहरुले अस्पताल संचालन हुने समय तोक्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्