कांग्रेस जिल्ला सभापति, कुन गुटका कति ?


 


काठमाडाैं, फागुन ११

नेपाली कांग्रेसको १३औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कुन पक्ष बलियो भनेर औँला गन्न थालिएको छ । विशेष गरेर संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीच कसको पक्षमा कति सभापति भनेर चर्चा हुने गरेको छ । अहिलेसम्म कांग्रेसको ५१ जिल्लाको निर्वाचन सम्पन्न भइसकेका छन् ।

दुई सभापतिले आफू कता समर्थन गर्ने भनेर खुलाएका छैनन् । ती हुन् अर्घाखाँचीका विष्णु मुस्कान र नवलपरासीका विष्णु लामिछाने रहेका छन् । तर दुबैले संस्थापनलाई समर्थन गर्ने स्रोतको दाबी छ ।

संस्थापनका सभापति

१. उद्धव थापा– झापा (निर्विरोध)

२. राजीव कोइराला – सुनसरी

३. नन्दमणि राई – भोजपुर

४. वीरबहादुर राना – पाल्पा (निर्विरोध)

५. नरेन्द्रसिंह थापा – बैतडी (निर्विरोध)

६. कमलराज रेग्मी – सुर्खेत

७. रमेश धमला – धादिङ

८. नरेशकुमार श्रेष्ठ – खोटाङ

९. मधु आचार्य – काभ्रे

१०. कृष्णबहादुर केसी – कास्की

११. याग्जी विष्ट – मुस्ताङ

१२. हरि घले – गोरखा

१३. उज्जव बराल – सिन्धुली

१४. विदुर बस्नेत – उदयपुर

१५. जगदीश्वर नरसिंह केसी – नुवाकोट

१६. सबुज बानियाँ – काठमाडौं

१७. सुरेन्द्र आचार्य – कपिलवस्तु

१८. खड्गबहादुर शाही – मुगु

१९. जीतनारायण श्रेष्ठ – चितवन

२०. अमरसिंह पुन – रोल्पा

२१. नरेन्द्र केरुङ – पाँचथर

२२. हर्षबहादुर बम – कालिकोट

२३. प्रेमप्रकाश ओली – रुकुम

२४. लीला बोखिम – ताप्लेजुङ

२५. गोविन्द ढुंगाना – तेह्रथुम

२६. खिमप्रसाद भूसाल – पर्वत

२७. संजय गौतम – बर्दिया

२८. बैकुण्ठ न्यौपाने – तनहुँ

२९. हिमाल कर्माचार्य – इलाम

३०. किरण कोइराला – बाँके

३१. गणेश चन्द – सल्यान

३२. दीपबहादुर शाही– जुम्ला

३३. भेषबहादुर पौडेल – लम्जुङ

देउवा समूहका सभापति

१. कर्ण मल्ल – डडेलधुरा

२. टेकबहादुर गुरुङ – मनाङ

३. इन्द्रबहादुर बानियाँ – मकवानपुर

४. कमल पंगेनी – स्याङ्जा

५. अब्दुल रज्जाक गद्दि – रुपन्देही

६. डिकबहादुर लिम्बु – मोरङ

७. प्रदीप सुनुवार – ओखलढुंगा

८. प्रदीप देउवा – डोटी

९. कविराज पण्डित – बाजुरा

१०. अग्निप्रसाद पौडेल – धनकुटा

११. दीपकजंग शाह – जाजरकोट

१२. जयपति रोकाय – हुम्ला

१३. मदन अमात्य – ललितपुर

१४. भरतकुमार स्वाँर – अछाम

१५. दीपेन्द्र थापा – बागलुङ

१६. नरनारायण शाह – कैलाली

प्रकाशित मिति: ११ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्