पाेखराबाट जाेमसाेमका लागि उडेकाे जहाज बेपत्ता


 


काठमाडाैं, फागुन १२

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।  बुधवार विहान ७ बजेर ५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजसम्पर्कबिहीन भएको हो । सम्पर्कविहीन जहाजबारे विस्तृत विवरण अाउन भने बाँकी छ ।

तारा एयरको 9N-AHH ट्‍विन अटर विमान सवा ८ बजेदेखि सम्पर्क विहीन भएको बताइएकाे छ। विमानमा चालक दलका सदस्य २ जना, १ जना एयर होस्टेस र २० जना यात्रु रहेकाे बुझिएकाे छ । हराएको विमान खोज्न प्रहरी र सेना परिचालन भइसकेका छन् ।

प्रकाशित मिति: १२ फाल्गुन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्