हराइरहेकाे तारा एयरकाे जहाजमा काे–काे छन् ?


 


Tara airकाठमाडाैं, फागुन १२

पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान सम्पर्कबिहीन भएको छ।  सम्पर्कबिहीन रहेको तारा एयरको जहाज बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए। विमानको कोपाइलट विकेश एमफूल र एअर होस्टेस रमा राउत छिन्।

हराइरहेकाे विमानमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल, विनिता भट्टचन बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन र मोतीबहादुर केसी सवार रहेका छन्।

प्रकाशित मिति: १२ फाल्गुन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्