हराइरहेकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियाे


 


काठमाडाैं, फागुन १२

पोखराबाट जोमसोमका लागि उडेको  तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । म्याग्दीको सोली घोप्टेभिरको पुछारमा जहाज भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले जलिरहेको अवस्थामा जहाज भेटेको छ। ‘हामीले जलिरहेको अवस्थामा विमान देख्यौं। अझै जल्दै छ’ श्याम पुनले भने। उनका अनुसार एकजनाको शव समेत टाढाबाट देखिएको छ। केगरबुटाको खाल्टोमा विमान खसेको छ। प्रहरी, सेना सहितको टोली भन्दा पहिले स्थानीय त्यहाँ पुगेका छन्।

दुर्घटनामा परि विमानमा रहेका सबै यात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । विमानका यात्रुको शव क्षतविक्षत अवस्थामा रहेको र कसैको पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

मौसमको खराबीका कारण हेलिकप्टरमार्फत तत्काल शव ल्याउन सकिने अवस्था नरहेको र हिँडेर ल्याउन ६ ७ घण्टा लाग्ने म्याग्दी प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

दुर्घटनाग्रस्त तारा एयरकाे जहाजमा काे–काे छन् ?

प्रकाशित मिति: १२ फाल्गुन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्