भूकम्पको धक्का महसुस


 


काठमाडाैं, फागुन १३

उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहीवार राति ९ बजेर २२ मिनेट जाँदा  भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोक, गोरखा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प आइ नै रहेको छ। हिजो पनि सिन्धुपाल्चोकलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ३.५ रेक्टरको गतिमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु कीर्तिपुर रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: १३ फाल्गुन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्