अब आउँदैनन् उनी


 


Roshan manandharध्रुव सुवेदी
भोजपुर, फागुन १४
कहिलेकाँही यस्तो खबर आउँछ, जुन नभइदिए हुन्थ्यो जस्तो लाग्छ । अनि त्यही नभइदिए जस्तो खबर ठिक त्यही भएर आउँछ । बुधबार यस्तै खबर आयो, पोखराबाट जोससोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन । सम्पर्कविहिन भएको केही घण्टापछि जहाज दुर्घटना र चालकदल सहित जहाजमा सवार सबैको मृत्यु ।

जहाज दुर्घटनाको खबर थाहा नपाउँने र मृत्युको पीडाले नछुने सायदै मानिस होला । उपरको त्यो म्याग्दी सोनी–२ सोली घोप्टेभीरमा भएको भयानक दुर्घटनाले पूर्वि पहाडको भोजपुर जिल्लालाई पुरै छोयो । जसमा क्याप्टेन रोशन मानन्धरको नाम जोडिएर आयो ।

भोजपुरका लागि मानन्धर तिनै क्याप्टेन् हुन्, जसले पहिलो पटक तारा एयरको जहाज भोजपुर विमानस्थलमा ल्याण्ड गराएका थिए, २०६९ साउन १५ मा । त्यसयता पटक–पटक भोजपुरे यात्रुहरुलाई ओहोर–दोहोर गराए, तारा एयरको जहाज चढाएर काठमाडौं–भोजपुर, भोजपुर–काठमाडौं ।

पहिलो पटक मानन्धरले करिब साढे तीन बर्ष अगाडी जहाज भोजपुरमा अवतरण गराएसँगै प्रत्येक हप्ताको एक दिन तारा एयरले उडान भर्छ । जिल्लामा पहिलो पटक नीजि क्षेत्रको जहाज अवतरण गराउने क्याप्टेन दुर्घटनामा परेको खबरले जिल्लाबासीलाई पत्याउन मुस्किल प¥यो । त्यतिबेला क्याप्टेन प्रभाकर घिमिरेलाई को—पाइलटको रुपमा मानन्धरले लिएर आएका थिए ।

त्यतिबेला यहाँ आउन अन्य पाइलटले आनाकानी गरेपछि आफै अघि सरेर आएको त्यतिबेला उनले बताएका थिए । भोजपुर विमानस्थल घाँसै मैदान थियो भने, भोजपुर तारा एयरका लागि नयाँ गन्तव्य । यद्यपी उनले भोजपुरमा तारा एयरको जहाज लिएर आए, नीजी क्षेत्रको पहिलो उडानको नयाँ ढोका खोल्ने गरी ।

दुर्घटनाकाे खबर थाहा पाएलगत्तै पत्याउन मुस्किल भयो, तारा एयरको भोजपुर स्टेशन हेर्दे आएकी सिता राईले भनिन्, जे नहुनु थियो, त्यही भयो । उहाँ (मानन्धर) सर साह«ै मिजासिलो हुनुहुन्थ्यो, सधै केही पर्याै भने भन्नु भनेर हौसला दिनुहुन्थ्यो, बिहिबार भोजपुर विमानस्थलमा नागरिकसँग कुरा गर्दा उनका आँखा रसाए ।

भोजपुर उडानको बेला यहाँ चिया नास्ता खाएर जाने क्याप्टेन मानन्धर कतै आउँलान कि भनेर विमानस्थल नजिकै होटल सञ्चालन गर्दे आएकी शारदा श्रेष्ठका आँखा विहिबार विमानस्थलतिरै थिए । जहाज त सदा झै आयो, तर क्याप्टेन मानन्धर थिएनन् । जहाजलाई क्याप्टेन इश्वराज जोशीले उडाएर ल्याएका थिए ।

श्रेष्ठको मन त्यतिबेला भारी भयो, जब मानन्धर अब कहिल्यै नआउने गरी बुधबारबाट बिदा भए । विमानस्थलमा क्याप्टेन मानन्धरलाई चिया, खाजा दिन जाँदा आफूलाई दिदी के छ भनेर सोध्ने गरेको उनि सुनाउँछिन् । उहाँ (मानन्धर) चिनी विनाको चिया खानुहुन्थ्यो, धेरै तिर उडान गर्नुपर्ने हँुदा म आफै जहाज अवतरण हुनबित्तिकै चिया, खाजा पुर्याउँथे उनले भनिन् ।

सुरुका दिनमा सोमबार उडान हुने भोजपुरमा आजभोलि तारा एयरको बिहिबार उडान हुन्छ । बुधबार भएको जहाज दुर्घटनाको खबरले तारा एयरको जहाज चढेर काठमाण्डौ जानका लागि भोजपुर विमानस्थलमा भेटिएका यात्रुहरु सबै मलिन थिए ।

काठमाण्डांैबाट भोजपुरका लागि यात्रु लिएर आएका क्याप्टेनहरुको अनुहारमा सहकर्मी गुमाउनुको पीडा प्रष्ट देखिन्थ्यो । २०६९ साउन १५ मा जहाज र क्याप्टेन मानन्धरको स्वागतमा भोजपुर विमानस्थलमा पञ्चेबाजाको आवाज घन्किएको थियो, बिहिबार भने  तिनै क्याप्टेनकाे सम्झनामा शाेकमग्न ।

यसबिचमा मानन्धरले धेरै यात्रुलाई आकाशमार्गबाट सकुशल ओहोर–दोहोर गरे, गराए । २०७२ फागुनको १२ गते विहानको समयमा सकुशल यात्रुलाई गन्तव्यसम्म पु¥याउन जहाज उडाएका मानन्धर म्याग्दी सोनी–२ सोली घोप्टेभीरमा दुर्घटनामा परी सदाका लागि बिदा भए, कहिल्यै नआउने गरी ।

प्रकाशित मिति: १४ फाल्गुन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्