देउवाले भने : ओली सरकार इतिहासकै भ्रष्ट


 


काठमाडौं, वैशाख ६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताएका छन् । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दैै देउवाले ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको बताए । वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन दिए ।

उनले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने उद्घोष पनि गरे । कानुनविपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको बताए ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्