भोजपुरको बजेट दुई अर्ब २३ करोड


 


Sherdhan parisad uthghatan gardeiभोजपुर, फागुन १५
आर्थिक बर्ष २०७३/०७४ का लागि जिल्ला विकास समिति भोजपुरले दुई अर्ब २३ करोड ८५ लाख ४० हजार चार सय १० रुपैयाँको एकिकृत बजेट, नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ । २४ औं जिल्ला परिषद बैठकले गरेको बजेट, नीति तथा कार्यक्रमको निर्णय शुक्रबार सार्वजनिक गरिएको हो । बजेट सार्वजनिकीकरणको उद्घाटन सूचना तथा सञ्चार मन्त्री शेरधन राईले गरेका थिए ।

bajet sarbajanik ldoपरिषद बैठक सार्वजनिक कार्यक्रममा जिल्ला विकास समिति, विषयगत कार्यालय र जिल्लामा कार्यरत गैससहरुको आर्थिक बर्ष २०७२÷०७३ का लागि प्रस्तावित एकिकृत बार्षिक बजेट स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले प्रस्तुत गरे । आगामी आर्थिक बर्षका लागि जिविस तर्फ ४९ करोड ८१ लाख ८० हजार चार सय १० रुपैयाँको बजेट पारित भएको छ । बाह्य तथा आन्तरिक दुबै आम्दानी गरेर यो प्रस्तावित बजेट पारित भएको हो ।

सरकारबाट ४८ करोड ४२ लाख ३७ हजार चार सय १० र आन्तरिक आय एक करोड ९४ लाख तीन हजार प्राप्त हुने अनुमान सहित स्थानीय विकास अधिकारी न्यौपानेले बजेट सार्वजनिक गरेका हुन् । परिषदले भौतिक निर्माणमा विशेष महत्व राख्दै बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक बर्ष ०७२÷०७३ मा ४१ करोड ९६ लाख १७ हजार रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत भएको थियो । परिषदमा प्रस्तुत गरिएको प्रस्तावित एकिकृत बजेट अनुसार संस्थागत श्रोत तथा क्षमता बिकास समितिमा ४९ करोड ८१ लाख ८० हजार चार सय १०, भौतिक पूर्वाधार तथा संरचना विकास समिति अन्तर्गत ३९ करोड ३९ लाख ९१ हजार रुपैया विनियोजन भएको छ ।

आर्थिक विकास समितिमा छ करोड ५७ लाख १६ हजार, सामाजिक विकास समितिमा एक अर्ब २३ करोड २६ लाख तीन हजार रुपैयाँ र वन तथा वातावरण समितिमा चार करोड ८० लाख ५० हजार अनुमानित बजेट प्रस्तुत गरिएको छ । प्रस्तावित बजेट अनुसार स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम अन्तर्गत एक करोड ५६ लाख बजेट विनियोजन भएको छ ।

लक्षित वर्ग कार्यक्रम अन्तर्गत महिला विकास कार्यक्रममा २२ लाख ६४ हजार नौ सय ४० रुपैयाँ विनियोजन भएको छ । बालबालिका विकास कार्यक्रममा ३३ लाख ९७ हजार चार सय १०, आदिवासी जनजाति, दलित, जेष्ठ नागरिक तथा शारीरिक विकास कार्यक्रममा ३३ लाख ९७ हजार चार सय १० रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै कृषि तथा पशुपालन विकास कार्यक्रममा ३३ लाख ९७ हजार चार सय १०, भौतिक पूर्वाधार विकासमा २५ लाख ३४ हजार सात सय २६ रुपैयाँ प्रस्तावित बजेट पारित भएको छ । सानातिना भौतिक पूर्वाधार कार्यक्रममा १६ लाख ९० हजार ३४ रुपैयाँ, साना सिचाई कार्यक्रममा दुई करोड १५ लाख बजेट प्रस्तुत गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाई आयोजनामा ६० लाख बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्