संघीय छाड्दै, एमालेमा अाउँदै


 


tirthaभोजपुर, फागुन १५

संघीय समाजवादी फाेरम नेपालका नेताहरू एमालेमा प्रवेशकाे लहर चलेकाे छ ।  संघीय समाजवादी फोरम नेपाल भोजपुरका जिल्लास्तरिय नेता एमालेमा प्रवेश गरेका छन् । फोरमका जिल्ला सदस्य तिर्थ कुमार राई र उद्धब राई एमाले भोजपुरमा प्रवेश गरेका हुन् ।

uddabउनिहरु एमाले भोजपुरको एक महिने अभियानका क्रममा प्रवेश गरेका हुन् । यस अघि दुबै एमालेमा थिए भने एमाले चोइटिर बनेको संघीयमा सुरुदेखी नै लागेका थिए । अन्य नेताहरू पनि ठूलाे संख्यमा एमालेमा एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।

तिर्थ कुमार राई एमाले जिल्ला कमिटी सदस्य थिए भने उद्धब एमाले गाउँ पार्टी कोटको अध्यक्षको रुपमा थिए । संघीय समाजवादी फोरम नेपालले आफूहरुले सोचेजस्तो काम नगरेकोले पुरानै घरमा फर्किएको उनिहरुले बताए । तिर्थ कुमार राई शनिबार ६ नम्बर इलाका मानेडाँडामा अायाेजित कार्यक्रममा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्