‘बृद्धभत्ता कम्युनिस्ट सरकारले नै सुरु गरेको हो, बढाउने कुरामा चिन्ता नलिए हुन्छ’


 


प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले वृद्धभत्ता बढाउने तयारी गरेको बताउनुभएको छ । प्युठानको गौमुखीमा आयोजित मिडिया सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै गत निर्वाचनको चुनावी घोषणा पत्रमा वृद्धभत्ता बढाउने भनेर नेकपाले गरेको प्रतिबद्धता अनुसार नै वृद्धभत्ता बढाउने उहाँले जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले वृद्धभत्ताको साथसाथै सरकारले ज्येष्ठ नागरिकहरूलाई जीवनको सुरक्षाको लागि १ लाखको बिमा पनि गरिदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुलाई एउटा कुराको खुव चिन्ता परेको छ, म एउटा कुरा आज भन्छु, बृद्धभत्ता बढाएन कम्युनिस्ट सरकारले पनि भन्ने परेको छ । बृद्धभत्ताको शुरुवात कम्युनिस्ट सरकारले नै गरेको हो । बढाउने कुरामा अरुले चिन्ता नलिए हुन्छ ।

‘मान्छेको जीवनमा सबैभन्दा ठूलो कुरो भनेको स्वाथ्य हो, सरकारले ज्येष्ठ नागरिकहरूलाई बिमा गरिदिने सेवाको सुरुवात गरेको छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘महिनामा एक सय रुपैयाँ वृद्धभत्ता बढेन भनेर चिन्ता गर्नु पर्दैन । तपाईँ बिरामी पर्नुभयो भने र तपाईँ विमाभत्रि हुनुहुन्छ भने तपाईँको जीवन सुरक्षा सरकारले गर्छ । ‘

उहाँले गाँउ-गाँउमा पनि अहेवहरुले यो सेवा सुरु गर्ने बताउनुभयो । यसअघि वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वकै अघिल्लो सरकारले वृद्धभत्ता बढाएर २ हजार रुपैयाँ पुर्‍याएको थियो ।

सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बाबुआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति सधैं राख्न सकिँदैन, राखिँदैन।’

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्