राहदानी विभाग अगाडि एक युवाले आफ्नै शरीरमा लगाए आगो
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि एक युवकले आत्मदाह प्रयासको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो एक युवकले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए।
आगो लाग्ने वितिक्क प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।
उनको परिचय खुल्न बाँकी रहेको भट्टराईले बताए।
यस्तै युवकले किन आत्मदाह प्रयास गरेका हुन भन्नेबारे पनि केही खुलेको छैन।
यस विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










