पार्टी एकताको आज निर्णायक वार्ता


 


काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता टुंगो लगाउन शीर्ष नेताबीच सघन छलफल अघि बढेको छ । लामो समयको अनिश्चय चिर्ने उद्देश्यका साथ शीर्ष नेता एकतालाई अन्तिम रूप दिने कसरतमा लागेका हुन् ।

सोही कसरतअनुसार शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र शीर्ष नेता माधवकुमार नेपालबीच एकता टुंगो लगाउन निर्णायक छलफल हुने नेकपाका एक नेताले बताए ।

एकता टुंगो लगाउन शुक्रबार पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भएको हो । छलफलमा वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्व टुंगो लगानुपर्ने सुझाव दिएका छन् ।

ओली र नेपालबीच बिहीबारसमेत सोही विषयमा छलफल भएको थियो । यसअघि वरिष्ठ नेता झलनाथ खनालसहित सचिवालय सदस्यहरू वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव बिष्णु पौडेलबीचमा एकता टुंगो लगाउने विषयमा छलफल भएको थियो ।
लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने गरी छलफल भइरहेको नेकपाका नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्