मन्त्री महासेठले भने – जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुन्छ


 


धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने बताएका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत धनुषा जिल्लाको छ स्थानमा सडक निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री महासेठले सरकार भाडामा रेल इञ्जिन र डब्बा लिई चलाउने पक्षमा नरहेको स्पष्ट गरे ।

जनकपुर–जयनगर रेल सञ्चालन सन्दर्भमा दुई दिनभित्र भारतीय र नेपाली प्राविधिक टोलीले अध्ययन गर्ने र साताभरमा सहमतिका बिन्दुमा पुग्ने विश्वास व्यक्त गर्दै उनले रेल सञ्चालनमा राजनीतिकरणले अस्पष्टता देखिएको धारणा राखे ।

मन्त्री महासेठले सरकार आफ्नै देशको धरातलीय परिवेशअनुसारको ध्वजावाहक रेल सञ्चालन गर्ने पक्षमा रहेको छ भन्दै उनले सरकार एक वर्षको अवधिमा नेपालकै इतिहासमा कहिल्यै नभएको विकासका गतिविधि सम्पन्न गरेको जानकारी दिए ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्