रहस्यमय बन्दै रिनाकाे हत्या, खोलिएको कपडा कोेठामै, १४ बर्षीय छोरासंगै भिडियो सहित)


 


पथरी । मोरङको पथरीस्थित कस्मेटिक पसल गरे बस्ने आफ्नै डेरा अगाडी नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको हत्या रहस्यमय बनेको छ । बेलुका कन्सर्ट हेरेर राती ११ बजे १४ बर्षीय छोरासँगै डेरा फर्केकी रिना
विहान डेरा अगाडी मृत भेटिएकप् थिइन । उनको भित्री तथा बाहिरी लुगा सबै उनको कोठामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शवलाई पोष्टमर्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा ल्याएको छ । उनको खुट्टामा बालुवैबालुवा रहेकाले उनलाई बलात्कार गरी हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । तर, प्रहरीले भने घट्नाबारे गम्भीर रुपमा अनुसन्धान भइरहेकाले अहिले यसै भन्ने अवस्था नआएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए ।

मृतक बस्नेतको शव नग्न अवस्थामा घोप्टो परेको अवस्थामा रहेको छ । उनको शरिरबाट रगत पनि बगेको छ । प्रहरीका अनुसार मृतक बस्नेतले शुक्रबार राती मदिरा सेवन गरेकी थिइन् । छोराले पनि वियर आमाले खाएको बयान दिएको
प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा दुवइमा छन् । उनी छोरासँगै पथरी १ मा बस्दैं आएकी थिइन ।

पथरीमा यस अघि गत फागुन १५ गते सिका बार नजिकैको सडकमा मृत भेटिएका मोरङको पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको हत्यारा पनि प्रहरुलिे हालसम्म लगाउन सकेको छैन् । अनुसन्धान जारी राखेको बताउदै आएको प्रहरीलाई फुरी रिनाका ेहत्यारा पत्ता लगाउने चुनौती थपिएको छ । पीडित पक्ष प्रहरी कार्यालयमा पुगेर सत्यतथ्य चाँडै बाहिर ल्याउनुपर्ने दवाव दिइरहेका थिए ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्