मन्त्रीकै निर्वाचन क्षेत्रमा नेकपालाई धक्का, १४४ जना काँग्रेसमा प्रबेश


 


मोरङ, बैशाख ७

मोरङको कानेपोखरी–७ का १४४ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्ने सबै नेकपा समर्थित हुन् । शनिवार वडा नं ७ को शुक्रबारे र चालिस बिघेमा भएका छुट्टा छुट्टै कार्यक्रममा उनीहरू काङ्ग्रेस प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर सुनील शर्मा,कांग्रेस नेता बसन्त भट्टराई, प्रदेश सभा सदस्य सुयर्माराज राई र नेपाल शिक्षक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं महासमिति सदस्य केशव निरौलाले पार्टी सदस्यता दिई फुलमालाले स्वागत गर्नुभयो ।चालिस बिघेमा ९१ जनाले नेकपा परित्याग गरेका छन् भने शुक्रबारेमा ५३ जनाले नेकपा छोडेका छन् । नेकपा छोड्नेमा धेरैजसो पूर्व नेकपा माओवादीका छन् भने केही तत्कालिन नेकपा एमालेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस महासमिति सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि वसन्त भट्टराईले कम्युनिष्ट सरकार कमाउ धन्दामा लागेको बताउनु भयो । उहाँले युवाहरू ढिलै भएपनि काङ्ग्रेसमा प्रवेश गरेर लोकतन्त्रको संस्थागत विकासको अभियानमा सहयोग पु¥याएको बताउनु भयो । भट्टराईले काङ्ग्रेसमा प्रवेश गर्नेले कहिल्यै पनि निरास हुनु नपर्ने बताउनु भयो ।

काङ्ग्रेस नेता डाक्टर सूनील शर्माले कांग्रेसमा प्रवेश गर्ने हरेक युवालाई जिम्मेवार बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘हाम्रो निरोगी नागरिकको अभियान गाउँ गाउँमा पुगिसकेको छ ।

अहिले हामी विपन्न, अल्पसङ्ख्यक र दलितका लागि निशुल्क प्राविधिक शिक्षाको अभियान चलाई रहेका छौं । प्रत्येक गाउँमा एक जना स्वास्थ्य प्राविधिक उत्पादन गर्ने लक्ष्य पुरा गर्न गाउँ गाउँका विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा दिइरहेको शर्माको भनाई छ । शर्माले यो वर्ष अझै केही पुरुष विद्यार्थीका निशुल्क शिक्षा दिन सकिने बताउनु भयो । सो क्षेत्र वर्तमान कानून मन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र हो ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्