क्रान्ति याेद्दा रामप्रसाद राईकाे जन्मजयन्ती मनाइयाे


 


ramprasad raiकाठमाडाैं, फागनु १८

२००७ सालका क्रान्ति याेद्दा रामप्रसाद राईकाे १०७ अाैं जन्मजयन्ती मनाइएकाे छ । राजधानी काठमाडाैंमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले एक कार्यक्रम अायाेजना गरेर जन्मजयन्ति मनाएकाे हाे । कार्यक्रममा मन्त्री, पूर्व मन्त्री, सांसद, राजनीतिक दलका नेता, बुद्दिजीवि, प्राध्यापक, समाजसेवी लगायतकाे बाक्लाे उपस्थिति थियाे ।

कार्यक्रमा प्राध्यापक डाक्टर गाेविन्दमानसिंह कार्कीले रामप्रसाद राईकाे बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमा सूचना तथा सञ्चार मन्त्री शेरधरन राई, पूर्व मन्त्रीहरू प्रदीप नेपाल, शंकर प्रसाद काेइराला लगायतकाे उपस्थिति थियाे भने रामप्रसाद राईकाे बारेमा मन्तव्य समेत राखेका थिए ।

ram prasad१९६५ साल फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका रामप्रसाद राई २००६ सालमा खोटाङको सहायक बडाहाकिम पदबाट राजीनामा दिएपछि क्रान्तिको पक्षमा लागेका थिए । २००७ साल मंसिर २४ गते उनकै नेतृत्वमा तात्कालिन मुत्ती सेनाले भोजपुर विना रक्त्तपात कब्जा गरेको थियो ।

तत्कालीन सेनामा कार्यरत उनले राजा त्रिभुवन र राणा शासनविरोधी पक्षबीच ‘पुलको काम’ गरेका थिए । पूर्वी क्षेत्रबाट आन्दोलनको नेतृत्व गरेका रामप्रसाद जहाँनिया राणा शासनको अन्त्यका लागि भएको दिल्ली सम्झौताप्रति असन्तुष्ट भई राजधानी आएका थिए । दिल्ली सम्झौता क्रान्तिमाथिको धोका भएको उनको स्पष्ट विचार थियो ।

२००८ साल माघ महिनाको सिंहदरबार विद्रोहपछि उनी चीन प्रवास जाने क्रममा बेपत्ता भएको बताइँदै आएको छ । दिल्ली सम्झौताप्रति नै असन्तुष्ट नेता डा. केआई सिंहले ‘चिसोले कठ्यांग्रिएर उनको निधन भएको’ बताएको लेखोटहरूमा पढ्न पाइन्छ ।

खोजअनुसन्धानले भने रामप्रसाद षड्यन्त्रपूर्वक मारिएको देखाएको छ । यति ठुलो योगदान भएको राईलाई राज्यले उतिधेरै सम्मान नगरेको परिवारको गुनासो छ । रामप्रसाद राईको नाती पारुहाङ राई भन्छन्,‘आजसम्म उहाँ बेपत्ता जस्तै हुनहुन्छ । न राज्यले खोजबिन गर्यो न सहित घोषणा नै ।’

प्रतिष्ठानमा राई

ramprasadजन्मजयन्तिकै अवसरमा भएकाे रामप्रसाद राई स्मृति प्रतिष्ठानकाे नवाै साधारणसभाले तारादेवी राईकाे अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेकाे छ । प्रतिष्ठानकाे उपाध्यक्ष प्रकास सर्वहारा राई, महासचिव देवान राई, सचिव देवी घिमिरे, काेषाध्यक्ष इन्दिरा पाेखरेल रहेका छन् । सदस्यहरूमा शशि लुमुम्बु, सचित राई, सुशीला राई, समिरन राई, इन्दिरा भट्टराई र शान्ती देवान रहेका छन् ।

प्रकाशित मिति: १८ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्