कांग्रेस केन्द्रिय सदस्यमा भाेजपुरबाट काे-काे उठ्दैछन् ?


 


Bhojpur congresभाेजपुर, फागुन २३

कांग्रेसकाे जारी १३ अाैं महाधिवेशनका लागि भाेजपुरबाट अाधा दर्जन कांग्रेसका नेता केन्द्रिय सदस्यमा उठेका छन् । नयाँ नेतृत्वका लागि भाेजपुरबाट ज्ञानेन्द्रबहादुर कार्कीले खुल्ला केन्द्रिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । कार्की शेरबहादुर देउवा प्यानलबाट उठेका हुन् ।

12809570_10207186410752579_3162826862418025089_nत्यस्तै अादिवासी जनजातीतर्फबाट केन्दि्य सदस्यका लागि नेविसंघका पूर्व काेषाध्यक्ष विनाेद बान्तावाले उम्मेदवारी दर्ता गराएका छन् । वान्तावाले संस्थपन पक्षबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै अादिवासी जनजातीतर्फ माेहन कुमार राईले पनि केन्द्रिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

12524344_913724352073998_1470746827353479854_nप्रदेश नं १ बाट केन्द्रिय सदस्यका लागि युवा नेता एंव तरूण दलका पूर्व केन्द्रिय सचिव उत्तम कुमार चाँपागाइले उम्मेदवारी दिएका छन् । त्यस्तै अादिवासी जनजाती महिलाबाट माया राईले उम्मेदवारी दिएकी छिन् । यस अघि प्रदेश नं १ बाट भाेजपुरका निवर्वतमान सभापति बालकृष्ण थापाकाे पनि उम्मेदवारी परेकाे थियाे । थापाले अन्तिम समयमा अाएर उम्मेदवारी फिर्ता गरेका हुन् ।

12794579_1018714528171461_5816603489443998621_nत्यस्तै अादिवासी जनजातीमा बालकृष्ण राईले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवार बनेका नेताहरू यतिबेला धमाधम अाफ्नाे प्रचार प्रसारलाई तिव्रता दिएका छन् भने प्रतिनिधिहरूमाझ मत मागिराखेका छन् । अाइतबारबाट नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्