यी हुन् पाैडेलकाे पक्षमा अपिल गर्ने ४१ जिल्ला सभापति


 


काठमाडाैं, फागुन २४

नेपाली कांग्रेसका ४१ जिल्लाका सभापतिहरूले १३ अाैं महाधिवेशनमा सभापतिका प्रत्याशी रामचन्द्र पौडेलको पक्षमा मतदान गर्नका  महाधिवेशन प्रतिनिधिलाई अपिल गरेका छन्। अाइतबार भएकाे पहिलाे चरणाकाे निर्वाचनमा कसैले पनि बहुमत पुर्याउन नसकेपछि साेमबार दाेस्राे चरणकाे निर्वाचन भइरहेकाे छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत संघर्ष गरेको, लोकतन्त्रको मूल्यमा कहिल्यै कसैसँग पनि कुनै प्रकारको सम्झौता नगरेको निष्ठाको राजनीति र समाजवादका एक अथक योद्धा  पौडेललाई यस निर्वाचनमा जिताउन पार्टी, लोकतन्त्र, राष्ट्र एवम सिँगै राजनीतिक अग्रगमनका लागि जरुरी भएको  अपिलमा उल्लेख छ। अपिलमा भनिएकाे छ,’देशमा भर्खरै जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेसको विगतको निर्णायक भूमिका, नीतिगत र वैचारीक स्पष्टतामा समेत उनको भूमिका प्रभावकारी वन्ने कुरामा समेत हामी स्पष्ट छौं।’

नन्दमणि राई भोजपुर, संजय गौतम वर्दिया, हिमालय कर्माचार्य इलाम, किरण कोइराला बाँके, भेषबहादुर पौडेल लम्जुङ, जित नारायण श्रेष्ठ चितवन, नरेशकुमार श्रेष्ठ खोटाङ, खड्गबहादुर शाही मुगु, लिला बोखिम ताप्लेजुङ,  गणेश चन्द सल्यान,  प्रेमप्रकाश वली रुकुम, उज्वलप्रसाद वराल सिंधुली,  अमरप्रसाद भण्डारी प्युठान,  बैकुण्ठ न्यौपाने तनहुँ, दिपबहादुर शाही जुम्ला,  राविजव कोइराला सुनसरी,  रमेश धमला धादिङ,  नरेन्द्रसिंह थापा बैतडी,  कमलराज रेग्मी सुर्खेत,  गोविन्दप्रसाद ढुंगाना तेह्रथुम,  कृष्णबहादुर विसी दैलेख, नरेन्द्र केरुङ पाँचथर,  विदुर बस्नेत उदयपुर,  दिपकजंग साह जाजरकोट,  विनोद बस्नेत सोलुखुम्बु,  मधुप्रसाद आचार्य काभ्रेपलाञ्चोक,  कृष्णबहादुर केसी कास्की, सुरेन्द्रराज आचार्य कपिलबस्तु, अमरसिंह पुन रोल्पा, तारामान गुरुङ संखुवासभा,  कृष्ण (सबुज) बानियाँ काठमाडौं,  विष्णुप्रसाद खनाल (मुस्कान) अर्घाखाँची, भूवनप्रसाद श्रेष्ठ गुल्मी,  वीरबहादुर राना पाल्पा,  याङ्जिङ विष्ट मुस्ताङ,  ललितसिंह बोहोरा दार्चुला,  गम्भीर खर्बुजा म्याग्दी,  सितादेवी यादव सिरहा,  विष्णुप्रसाद लामिछाने नवलपरासी, हर्सबहादुर बम कालिकोट र  ट्रकप्रसाद उपाध्याय डोल्पा रहेका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्