कांग्रेस सभापतिमा देउवा


 


deubaकाठमाडाैं, फागुन २५

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । १३औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतले पछि पार्दै देउवा पार्टीको नवौं सभापति निर्वाचित भएका हुन् ।

देउवाले १८२२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी पौडेलको १२९६ मत छ। २२ मत बदर भएका थिए। आइतबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढिमत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुनः निर्वाचन भएको हो । बिहीबारदेखि जारी महाधिवेशनअन्तर्गत नेतृत्व छनोटका लागि सोमबार पुनः भएको निर्वाचनमा आइतबारभन्दा २८ भोट कम ३ हजार १ सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । आइतबार भएको निर्वाचनमा ३ हजार १सय ४८ महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागि थिए।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी वरिष्ठ नेता देउवाले १हजार ५सय ६४, कार्यवाहक सभापति पौडेलले १हजार १सय ६० र महामन्त्री कृष्णप्रसाद सिटौलाले ३सय २४ मत पाएका थिए । पार्टी विधानको व्यवस्था अनुसार देउवालाई पहिलो चरणमा नेतृत्व लिन ११ मत अपुग भएको थियो भने १सय मत बदर थियो । महाधिवेशनमा ३ हजार १ सय ६१ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति: २५ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्